
मुक्तिनाथ क्यापिटल Muktinath Capital ले आफ्ना हितग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटल, मुक्तिनाथ विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आर्थिक वर्ष २०७७÷२०७८ सम्म डिम्याट सञ्चालन गरेवापत वार्षिक शुल्क रु.१००÷– बुझाउन अनुरोध गरेको हो ।
हितग्राहीले असार मसान्त भित्र E-Sewa, Khalti, IME Pay र Connect IPS मार्फत उक्त शुल्क बुझाउन सक्ने क्यापिटलले जनाएको छ । तोकिएको समयावधि असार मसान्त भित्र वार्षिक शुल्क भुक्तानी नगरे हितग्राहीको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने कम्पनीले बताएको छ ।
मेरोशेयर सेवा लिइरहेका हितग्राहीले सेवा सञ्चालनमा आएको एक वर्षभित्र नवीकरण गरिसक्नुपर्ने र सो समयावधिभित्र नवीकरण नभए उक्त सेवा स्वतः बन्द हुने भएकाले हितग्राही वापतको वार्षिक शुल्क र मेरो शेयर वापतक सेवा शुल्क समेत नवीकरण गर्न क्यापिटलले अनुरोध गरेको छ ।
यो पनि : असार मसान्तसम्म डिम्याट खाता नवीकरण नगरे कुन कुन सेवा रोकिन्छ ?