नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो, विशाल बजारको मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 03:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्सेमा करेक्सन भएको छ । आज नेप्से सूचक ११.७८ अंकले घटेर २८२२.७४ को बिन्दुमा पुगेको हो । 

आज ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ७ सय ७९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६३ हजार ६ सय ३६ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।  

आज विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले बढेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक बढी ६.३६ प्रतिशतले घटेको छ । 

आज ट्रेडिङ, उत्पादन र प्रशोधन लगायत ५ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ८ समूहको समूहगत सूचक घटेको छ । ट्रेडिङ समूहको सूचक सर्वाधिक बढी ३.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सूचक सवौधिक बढी २.६१ प्रतिशतले घटेको छ ।  

आज हिमालय डेस्टिलरीको सर्वाधिक बढि ४१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अप्पर तामाकोशीको  १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved