प्रिमियरले लिलामीमा ल्याएको नागरिक लगानी कोषको शेयर खरीदको लागि एउटा मात्र आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 09:00:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले लिलाममा ल्याएको नागरिक लगानी कोष  Citizen Investment Trust   को संस्थापक शेयर खरिदको लागि एउटा मात्र आवेदन परेको छ । बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार लिलामीको शेयरमा एक मात्र आवेदन परेको जनाएको हो । 

लिलामीको शेयरमा संस्थागत लगानीकर्ताले प्रति कित्ता १२०१ रुपियाँमा १० हजार रुपैयाँको लागि आवेदन परेको र एक मात्र आवेदन परेकोले उक्त मूल्य नै कटअफ मूल्य कायम भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको हो ।

प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख कित्ता  संस्थापक शेयर असार ११ देखि असार २१ गतेसम्म लिलामीमा ल्याएको थियो । यस लिलाम प्रक्रियामा बैंक, वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने ब्यबस्था थियो । अन्य कम्पनी, व्यक्ति तथा संस्थाले यस लिलाम प्रक्रियामा  सहभागी हुन् पाउने ब्यबस्था रहेको थियो।

 कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १२  सय कायम गरेको थियो। पुरै शेयर बिक्रि नभएकोले अब कम्पनीले मूल्य घटाएर बाँकि रहेको ९० हजार कित्ता शेयर लिलामीमा ल्याउने सम्भावना छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved