सेबीले ल्यायो स्टक एक्सचेन्जमा समस्या आए जरिवाना तिराउने कानुन, धितोपत्र बोर्डलाई गतिलो पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 10:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय शेयरबजारको नियामकीय निकायले स्टक एक्सचेन्जहरुमा प्राविधिक समस्या आएमा त्यसको लागि आर्थिक जरिवाना तिराउने नियम ल्याएको छ । सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले प्राविधिक समस्याको कारण लगानीकर्ता मारमा परेको भन्दै त्यस्ता समस्यालाई निवारण गर्ने उदेश्य सहित आर्थिक जरिवाना गरिने नियम बनाएको हो । 

सेबीले  प्राविधिक समस्या आउँदा त्यसको जानकारी दिनु पर्ने समय र समस्या आउँदा गरिने आर्थिक जरिवानाको विवरण सहित सर्कुलर जारी गरेको हो । नियमित काम कारवाही प्रभावित नहुने गरि आएको समस्याको विवरण स्टक एक्सचेन्जको संचालक समिति र प्रविधि समबन्धि कमिटीलाई बुझाउनु पर्ने छ  ।  नियमित काम कारवाही प्रभावित हुने गरि प्राविधिक समस्या आएमा त्यसको रिपोर्ट माथि उल्लेखित गरिएको बाहेक सेबीलाई पनि बुझाउने पर्ने छ । 

काम कारवाही प्रभावित भएमा त्यसो भएको २ घण्टा भित्र सेबीलाई रिपोर्ट बुझाउनु पर्ने छ । क्रिटिकल सिस्टममा समस्या आए त्यसलाई तुरन्त डिजास्टर घोषणा गर्नु पर्ने र यसको जानकारी तुरुन्त सेबीलाई दिनु पर्ने छ  । प्राविधिक समस्या आएको २४ घण्टा भित्र यसबारेको प्रारम्भिक विवरण सेबीलाई बुझाउनु पर्ने छ ।  समस्या आउनुको मूल कारण र त्यसपछि सिस्टमलाई पूर्ववत अवस्थामा ल्याउनको लागि गरिएको कार्य सहितको रिपोर्ट २१ दिन भित्र सेबीलाई बुझाउनु पर्ने ब्यबस्था गरिएको छ  । यस रिपोर्टमा समस्या कुन बेला आयो, कसरि आयो, कसरि समाधान भयो,को को  प्रभावित भए लगायतका विवरण उल्लेख हुनु पर्ने छ । यस रिपोर्टलाई सेबीले रुट कज एनलाइसीस रिपोर्ट भनेको छ । 

रुट कज एनलाइसीस रिपोर्ट नबुझाएमा, बुझाउन ढिला गरेमा, अधुरो बुझाएमा सेबीले प्रति दिन १ लाख आर्थिक जरिवाना गर्ने छ। त्यस्तै प्राविधिक समस्या १५ दिन सम्म जारी रहे प्रति दिन २ लाख, अर्को १५ सम्म पनि जारि रहे प्रति दिन ५ लाख र ३० दिन भन्दा बढी समयको लागि रहे प्रति दिन ३० लाख जरिवाना गरिने सेबीले उल्लेख गरेको छ । 

क्रिटिकल सिस्टममा समस्या आएको ३० मिनेट भित्र डिजास्टर घोषणा गर्नु पर्ने र सो घोषणा नगरे संस्थाको २ वर्षको औसत खुद नाफाको १० प्रतिशत जरिवाना वा २ करोड मध्ये जुन धेरै हुन्छ त्यो रकम तिर्नु पर्ने ब्यबस्था सेबीले गरेको छ । साथै डिजास्टर घोषणा नगरे संस्थाको प्रबन्ध निर्देशक र चिफ टेक्नोलोजी अफिसरले वार्षिक तलवको १० प्रतिशत जरिवाना तिर्नु पर्ने उल्लेख छ।

डिजास्टर घोषणा गरिएको ४५ मिनेट भित्र सिस्टमलाई सुचारु गर्न नसके संस्थाको २ वर्षको औसत खुद नाफाको १० प्रतिशत जरिवाना वा २ करोड मध्ये जुन धेरै हुन्छ त्यो रकम तिर्नु पर्ने ब्यबस्था सेबीले गरेको छ । साथै डिजास्टर घोषणा गरेको ४५ मिनेट भित्र सिस्टमलाई सुचारु गर्न नसके संस्थाको प्रबन्ध निर्देशक र चिफ टेक्नोलोजी अफिसरले वार्षिक तलवको १० प्रतिशत जरिवाना तिर्नु पर्ने उल्लेख छ। डिजास्टर घोषणा गरेको ३ घण्टा सम्म पनि सिस्टम सुचारु गर्न नसके संस्थाको २ वर्षको औसत खुद नाफाको १० प्रतिशत जरिवाना वा २ करोड मध्ये जुन धेरै हुन्छ त्यो रकम तिर्नु पर्ने ब्यबस्था सेबीले गरेको छ । साथै डिजास्टर घोषणा गरेको ४५ मिनेट भित्र सिस्टमलाई सुचारु गर्न नसके संस्थाको प्रबन्ध निर्देशक र चिफ टेक्नोलोजी अफिसरले वार्षिक तलवको १० प्रतिशत जरिवाना तिर्नु पर्ने उल्लेख छ। डिजास्टर घोषणा भएको अवस्थामा बाहेक सिस्टममा आएको समस्या ७५ मिनेट देखि ३ घण्टासम्म पनि समस्या समाधान नभएमा ५० लाख र त्यसपछि १ करोड जरिवाना हुने उल्लेख छ। त्यस्तै समस्या आएको ९० दिन भित्र विस्तृत विवरण सेबीलाई पेश गर्नु पर्ने छ । 

यो ब्यबस्था स्टक एक्सचेन्जलाई मात्र नभई क्लियारिंग कर्पोरेसन र डिपीहरुलाई पनि हो । ति संस्थाले तिरेको जरिवाना लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्टी फण्डमा जाने छ । सेबीका अनुसार यो प्रावधान आगामी अगस्ट १६ देखि कार्यन्वयनमा आउने छ । 

धितोपत्र बोर्डलाई गतिलो पाठ 

सेबीको यस्तो कदम नेपालको शेयर  बजारको नियामक निकायको लागि गतिलो पाठ बन्न सक्छ । नेपालमा रहेको एक मात्र स्टक एक्सचेन्ज नेप्सेमा प्राविधिक समस्या दिनहु जसो आईरहन्छ । त्यसमाथि कतोबर ब्यबस्थापन प्रणाली टिएमएसमा अनेकौ समस्या छन् । अहिले एकै प्रकृतिका समस्या पटक पटक आउनु नै मुख्य समस्या रहेको छ । स-साना समस्यालाई न त् बोर्ड, न नेप्सेले नै चासो दिने गरेको छ । कारोबार नै रोकिने गरि समस्या आए पनि नेप्सेले कारोबार रोकिएको र पछि सुचारु भएको सुचना राख्ने गरेको छ । त्यो सूचना पनि नेप्सेले सोहि दिन हटाऊछ । बढी नै समय कारोबार रोकिएमा बोर्डले नेप्सेसंग जानकारी लिने गरेपनि यस पछि भने कुनै एक्सन लिने गरेको देखिदैन  । यस्तो अवस्थामा सेबी चलेको कदम बजार विस्तार व विकासको लागि नेपाल धितोपत्र बोर्डलाई राम्रो पाठ बन्न सक्छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved