डिम्याट संख्या ह्वात्तै बढेपछि 'कोर डिपी सिस्टम' अपग्रेड गर्दै सिडीएस, पौने ३ करोडको ठेक्का स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 07:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङले कोर सिस्टम अपग्रेड गर्ने ठेक्का म्याक्स इन्टरनेशनललाई दिएको छ । सिडीएसले कोर सिस्टमको सर्भर तथा स्टोरेज अपग्रेड गर्नको लागि प्रस्ताव आह्वान गरेकोमा सबै भन्दा कम रकम कबुल गरेको म्याक्सले ठेक्का पाएको हो । 

सिडीएसले आह्वान गरेको बोलपत्रमा म्याक्स इन्टरनेशनल र दृष्टि टेक प्रालिले प्रस्ताव पेश गरेका थिए । लट वानमा म्याक्सले कबुल गरेको रकम कम भएको र लट टुमा दृष्टिले प्रस्ताव नै नगरेकोले म्याक्सलाई नै ठेक्का दिईएको सिडीएसले जनाएको छ । 

सिडीएसका अनुसार सिडीएसको कोर सिस्टमको रुपमा रहेको डिपोजीटरी सिस्टमलाई अपग्रेड गर्न लागिएको हो। डिम्याट संख्या ३७ लाख पुग्न लागिसकेको र डिपी संख्या ७८ पुगेकोले त्यसको लागि सर्भर र स्टोरेज थप गरिन लागेको सिडीएसले जनाएको छ ।  म्याक्सले यो कार्यको लागि २ करोड ८३ लाख ९१ हजार २ सय ५० रुपैयामा ठेक्का पाएको हो ।  अब म्याक्सले कोर डिपी सिस्टम अपग्रेडको लागि आवश्यक पर्ने सर्भर र स्टोरेजहरु उपलब्ध गराई सेट अप गर्ने छ ।  

मेरोशेयरको भने सर्भर अपग्रेड गरिसकेको र अहिले समस्या नरहेको सिडीएसले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved