
बोटलर्स नेपाल तराई लिमिटेड Bottlers Nepal (Terai) ले ५ वर्ष अगाडीको लाभांश दिन आउँन आग्रह लगानीकर्तालाई आग्रह गरेको छ । कम्पनीले २०७२ पुस २८ गते सम्पन्न २९ औ साधारणसभाले आर्थिक वर्ष ७१/७२ को मुनाफाबाट वितरण गर्ने गरि पारित गरेको लाभांश लिन आउँन आग्रह गरेको हो ।
५ वर्ष पुग्दासम्म अझै केहि लगानीकर्ताले उक्त लाभांश लिन नआएकोले कम्पनीले १ महिना भित्र लाभांश लैजान आग्रह गरेको हो । कम्पनीले आफ्नो शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्टमा सम्पर्क गरेर लाभांश लैजान भनेको छ ।
१ महिनासम्म पनि लाभांश नलागेमा उक्त लाभांश कम्पनी ऐनको ब्यबस्था अनुसार लगानीकर्ता संरक्ष्ण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।