
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २ कम्पनीको गरि ६ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज २ वटा लघुवित्तको गरि कुल ६ लाख ८७ हजार ५ सय ९५ दशमलव ०२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।
आज नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha को २१ प्रतिशतले हुन् आउने ५ लाख ५४ हजार ४ सय ९५ दशमलव ०२५ कित्ता बोनस शेयर र महिला सहयात्रा लघुवित्त Mahila Sahayatra Microfinance Bittiya Sanstha को १० प्रतिशतले हुन आउने १ लाख ३३ हजार १ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।