
बुधबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ को विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जस मध्ये छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख बराबरको र अपर तामाकोशीको २६ करोड १६ लाख बराबरको कारोबार भएको छ । आज अपरको शेयर मूल्य सबै भन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका लघुवित्त र विकास बैंक बाहेकका सबै समुहगत सूचक घटेका छन् । लघुवित्त समुहको सूचक ०.३८ प्रतिशत र विकास बैंक समुहको सूचक ०.२६ प्रतिशतले बढेको छ । आज हाइड्रोपावर समुहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।