अवधि समाप्त भएको ऋणपत्रको रकम फिर्ता गर्दै एभरेष्ट बैंक, यस्तो छ लिने प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 09:53:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले अवधि समाप्त भएको ऋणपत्रको रकम फिर्ताको लागि सूचना सार्वजनिक गरेको छ । बैंकले '८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८' को रकम फिर्ता गर्न लागेको हो । बैंकले २०७२/३/३१ मा जारी गरेको १००० अंकित दरको सो ऋणपत्रको अवधि आगामी असार ३१ गते समाप्त हुन लागेको हो ।

बैंकले उपत्यका भित्र रहेका ऋणपत्रधनीहरुलाई बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट र उपत्यका बाहिर रहेका ऋणपत्रधनीहरुलाई बैंकको जुनसुकै शाखा मार्फत ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जा समेत) उपलब्ध गराउन आग्रह गरेको हो । बैंकले आफ्नो नागरिकताको प्रमाणपत्र वा परिचय खुल्ने आधिकारिक परिचयपत्र पनि उपलब्ध गराउन आग्रह गरेको छ ।

स्वयं उपस्थित हुन नसकेमा मन्जुरीनामा लिएर आउँन र मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत पेश गर्ने बैंकले आग्रह गरेको छ । संस्थागत लगानीकर्ताले भने रकम फिर्ताको लागि आउने कर्मचारीको हस्ताक्षर सहितको रकम फिर्ता गरिदिने समबन्धि आधिकारिक पत्र पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved