नेपालकै पहिलो खुलामुखी योजना तेस्रो वर्षमा प्रवेश, लगानी डबल योजनाको आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 11:12:37 AM मा प्रकाशित

नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकोे पूँजीबजारमा खुलामुखी योजानाको परिचय दिन सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

यस खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६÷२०७७ मा नै आफ्ना इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो। रु १०.०० अंकित मूल्य रहेको यस योजानाको २०७८ साल असार २२ गतेको दिनको  तथ्याङ्क अनुसार प्रति इकाई खुद मूल्य रु १७.२१ पुगेको छ भने योजानाको आकार ३१.४२ करोड पुगेको छ । 

योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको अवसरमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउने  योजाना गत आइतबार असार २० गते देखि आज बिहीबार असार २४ गते सम्मको लागि ल्याएको छ।  यस योजनामा हालसम्म सहभागि नभएका लगानीकर्ताहरुलाई आज योजानाको अन्तिम दिन अपह्रान्न ३ बजे सम्ममा सहभागि हुन समेत कम्पनीले अनुरोध गरेको छ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते फेसबुक लाइभ मार्फत गरिने र योग्य सहभागिहरुबाट २० जना  विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।  पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले उल्लेख गरेको छ ।  



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved