केसीएल असट्युटको विशेष साधारणसभा आह्वान, अबदेखि गरिमा क्यापिटलको नाममा कारोबार

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 08, 2021 | 11:40:03 AM मा प्रकाशित

mega bank

 केसीएल असट्युट क्यापिटलले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ८ गते शुक्रबार हात्तिसार स्थित आफ्नै कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । 

सभामा असार ४ गते केसीएल असट्युट र गरिमा विकास बैंकबीच भएको शेयर आदानप्रदान सम्झौता पारित गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीको अधिकृत २० करोडबाट ३० करोड पुर्याउने, र जारी पुंजी १५ करोडबाट २४ करोड २० लाख पुर्याउने प्रस्ताव पेश हुने छ । यस समबन्धि आवश्यक ब्यबस्था गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

त्यस्तै गरिमासंगको सम्झौता अनुसार कम्पनीको १२ लाख ३९ हजार कित्ता शेयर गरिमा विकास बैंकलाई बिक्रि गर्न स्वीकृति प्रदान गर्ने र उक्र शेयर गरिमाले खरिद गरेपछि कम्पनीको चुक्ता पुंजी ११ करोड ८१ लाख बाट बढेर २४ करोड २० लाख पुग्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश हुने छ । यसको अख्तियारी पनि संचालक समितिलाई दिने प्रस्तव सभाले पारित गर्ने छ । 

त्यस्तै गरिमासंगको सम्झौता अनुसार कम्पनीको नाम गरिमा क्यापिटल लिमिटेड कायम गर्ने र गरिमासंग भएको सम्झौता अनुरुप सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव कम्पनीको विशेष साधारणसभामा पेश हुने छ ।

गत असार ४ गते गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गर्ने सम्झौता गरेको थियो  । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका थिए। 

गरिमा विकास बैंकले केसीएलको ५१.२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौता अनुसार केसीएल अब  गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । 

केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved