यूनियन लाइफको आईपिओमा पहिलो दिन कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 05:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा आज पहिलो दिन झन्डै डेढ गुणा बढीको आवेदन परेको छ  । कम्पनीले निष्काशन गरेको आईपिओमा आज बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३ सय ५६ जना आवेदकबाट ८२ करोड ४७ लाख ८ सय ८० कित्ताको लागि आवेदन परेको छ  । यो माग भन्दा १.४२ गुणा बढो हो  ।

कम्पनीले आज असार २४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो।  कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्   कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ   आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ  

 कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो  

यो पनि : 

यूनियन लाइफ आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved