लगानीकर्ता संघ, ब्रोकर र मर्चेन्ट बैंकर्ससँग छलफल गर्दै धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 10:57:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको लागि आज शेयरबजारका सरोकारवालाहरुसँग छलफल गर्ने भएको छ । धितोपत्र बोर्डले आज दिउँसो जुम मार्फत शेयर बजारका विभिन्न सरोकारवालाहरुको राय सुझाव लिन लागेको हो ।

बोर्डले लगानीकर्ता संघहरु, ब्रोकरहरु, मर्चेन्ट बैंकर्सहरु, केयर रेटिङ एजेन्सी, बजार बिज्ञहरु लगायतका सरोकारवालाहरुसंग छलफल गर्न लागेको हो । बोर्डले यस अघि कार्यक्रम नै गरेर यी सरोकारवालाहरुसंग राय सुझाव लिने गरेकोमा यस पटक भर्चुअल माध्यमबाट सुझाव संकलन गर्न लागेको हो । 

बोर्डले यस अघि नै धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह सुझाव आह्वान गरिसकेको छ । बोर्डले सम्पूर्ण सरोकारवालालाई बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको थियो।

बोर्डले असार मसान्त भित्र नै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved