आरविविको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 09:31:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले निष्काशन गरेको आरविवी म्युचुअल फण्ड १ नामक सामुहिक लगानी कोषको इकाईमा आवेदन दिने आज असार २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २३ गते देखि १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो ।

जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई कोष प्रबर्दक राष्ट्रिय वाणिज्य बैंकलाई, र न्युनतम २ प्रतिशत इकाई योजना ब्यबस्थापक आरविवी मर्चेन्टलाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले संचालन गर्न लागेको यो पहिलो सामुहिक लगानी कोष योजना हो । यस निष्काशनमा आवेदन दिंदा न्युनतम १ सय इकिया र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ । 

यो योजना कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “ हो । योजनाको समयावधि सात बर्षको रहनेछ । कम्पनीले ७ वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । 

यो पनि : 'शेयरमार्केट बियरिस हुँदापनि आरविवि म्युचुअल फण्डले राम्रो प्रतिफल दिन्छ', सीइओ प्याकुरेलको अन्तर्वाता


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved