अरुण भ्याली हाइड्रोले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफांड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 09:49:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company  ले लिलामीमा ल्याएको अवितरित हकप्रदप्रद शेयर बाँडफांड भएको छ  बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले असार २४ गते शेयर बाँडफांड गरेको हो   

बाँडफांड गर्दा अन्तिम कटअफ मूल्य ३८७.७१ कायम भएको क्यापिटलले जनाएको छ  सो वा सो भन्दा बढी मूल्य कबुल गरेका लगानीकर्ताले शेयर पाउने छन्   शेयर नपरेको हकमा असार २८ गतेदेखि पैसा फिर्ता हुने क्यापिटलले जनाएको छ  कनेक्ट आईपीएस मार्फत पैसा गरिने र पैसा फिर्ता नभएमा क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ  

 कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहको ४ लाख ३५ हजार ८ सय ४९ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।  कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म १:०५ को अनुपातमा ५० प्रतिशतले हुन आउने ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो ।  हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले  फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने जनाएको छ । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved