गुराँस लाइफले भन्यो 'संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन नगर्ने भए लिखित जानकारी दिनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 10:02:33 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company .ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ६०:४० कायम गर्ने भएको छ  । हाल कम्पनीमा संस्थापक शेयरको हिस्सा ७० प्रतिशत रहेकोमा त्यसलाई घटाउन लागेको हो। 

संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेकोमा बीमा समितिले ६०:४० कायम गर्न स्वीकृति दिएको थियो । यसको लागि प्रबन्धपत्र  नियमावलीमा पनि संशोधन गरिएको कम्पनीले जनाएको छ । 

यस संगै कम्पनीले आफ्नो संस्थापक शेयर परिवर्तन गर्ने कि नगर्ने भन्ने निर्णय दिन सबै संस्थापक शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले ७ दिन भित्र शेयर परिवर्तन गर्ने कि नगर्ने भन्नेबारे लिखित जानकारी दिन आग्रह गरेको छ । लिखित जानकारी नआएमा  मन्जुर रहेको ठानी सोहि अनुसार साधारण शेयरमा परिणत गर्ने प्रक्रिया बढाईने कम्पनीले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved