एनआइबिएल एस क्यापिटलको नयाँ योजना: ५ लाखको दुर्घटना बीमा, परिवारको डिम्याट निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 01:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबीएल एस क्यापिटल लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना ल्याएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले यस योजना अन्तर्गत व्यवस्थित  लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गर्ने भएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५०% छुट पनि दिइनेछ र यसका साथै परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने सुविधा रहेको क्यापिटलले जनाएको छ। त्यस्तै पहिलो पटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने क्यापिटलले उल्लेख गरेको छ।

थप जानकारीको क्यापिटलको वेबसाइटमा सम्पत्क गर्न क्यापिटलले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved