बढेको बजारमा फाइनान्स र विकास बैंकमा आकर्षण, एकैदिन १ खर्बले बढ्यो लगानीकर्ताको सम्पति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 04:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से २.६४ प्रतिशतले बढेको छ। आज सूचक ७४.७१ अंकले बढेर २८९९.८२ को विन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयर खरिद बिक्रिबाट ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँको कारोबार भएको छ । जस मध्ये एनआइसी एसिया बैंकको सबै भन्दा धेरै ३९ करोड ९६ रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको २५ करोड ८१ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबै भन्दा धेरै ८.३७ प्रतिशत र विकास बैंक समुह ८.२९ प्रतिशतले बढेको छ । आज २ दर्जन कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, ओरियन्टल होटेल्स र अपर तामाकोशीको शेयर मूल्य भने घटेको छ । 

बजार पुंजीकरणको हिसाबमा आज लगानीकर्ताको सम्पति १ खर्ब ३ अर्ब ९३ करोडले बढेको छ । बिहिबार ३९ खर्ब २९ अर्ब ८६ करोड रहेको बजार पुँजीकरण १ खर्ब भन्दा धेरैले बढेर ४० खर्ब ३३ अर्ब ७९ करोड पुगेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved