युनियन लाइफ इन्स्योरेन्सको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 09:17:30 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ  । कम्पनीले असार २४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो।  

कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ  

कम्पनीले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २ करोड ९१ लाख ५३ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्म १८ लाख १४ हजार २६५ अवेदकले आवेदन दिएका हुन्। 

 कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ   नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो  

यो पनि : 

यूनियन लाइफ आईपिओ रिभ्यु: संचालक र ब्यबस्थापनदेखि वित्तीय अवस्थासम्मको सम्पूर्ण विवरण


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved