अदालतको आदेशले शेयर बजारमा कस्तो प्रभाव पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 04:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज बजार ४४.९८ अंकले घटेर २८५४.८४ को बिन्दुमा पुगेर रोकिएको छ । सर्वोच्च अदालतको संसद विघटन बदर समबन्धि आदेश आएसंगै उतार चढाव देखिएको बजार रातो भएर बन्द भएको हो । 

तर शेयरबजारका सरोकारवालाहरु भने अदालतको आदेशले आत्तिनु पर्ने कारण भने नरहेको बताउछन् । 

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार बुलिस नै रहेकोले अदालतको आदेश आत्तिनु नपर्ने बताउछन् । १-२ दिन लगानीकर्ता आत्तिएर बजारमा केहि करेक्सन आउँन सक्ने भए पनि बजार सकारात्मक रहेकोले अदालतको आदेशले बजारलाई केहि असर नगर्ने उनले बताए । बजारमा रहेका कम्पनीहरुको अवश राम्रो रहेको, कम्पनीहरुको ब्यालेन्स सिट आउने बेला भएको, र अबको केहि महिनामा लाभांश घोषणा हुने सिजन सुरु भएकोले राजनीतिक उतार चढावले आत्तिनु नहुने उनको भनाई छ । लगानीकर्ताले कम्पनी हेरेर लगानी गरेको र अदालतको आदेशले कम्पनीहरुमा केहि पनि असर नगर्ने भएकोले आत्तिनु नहुने उनको सुझाव छ । 

मौद्रिक नीति बजार मैत्री आउने निश्चित रहेको, र जुनसुकै सरकार आएपनि देशको अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजारलाई नकारात्मक प्रभाव पार्ने कार्य कुनै पनि सरकारले नगर्ने भएकोले आगामी दिन राम्रो रहने उनको भनाई छ । सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि बजारमा लगानी गरेको र बजारबाट सरकारले राम्रो आदनी गरिरहेकोले जुन सुकै सरकार आएपनि बजारको सेन्टिमेन्ट बिगार्ने काम नहुने उनको भनाई छ । 

त्यस्तै सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेल पनि अदालतको आदेशले विचलित हुनु नपर्ने बताउछन् ।  अदालतको आदेशले १-२ दिन तलमाथि हुने भएपनि नयाँ सरकार बनेपछि शेयर बजारले नयाँ नयाँ रेकर्ड कायम गर्ने उनको भनाई छ ।  नेपाली कांग्रेसको नेतृत्वको सरकार आउँदा यस अघि पनि अर्थतन्त्र चलायमान भएको, पुँजीबजार सकारात्मक रहेको , अर्थतन्त्र पुनर्जागरण भएकोले अब पनि त्यस्तै हुने उनको भनाई छ । नेपाली कांग्रेस यस अघि पनि पुँजीबजार प्रति सकारात्मक रहेकोले बजारले थप नयाँ उचाई चुम्ने उनको भनाई छ ।  

शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल पनि राजनीतिक उतार चढाव आईरहने भएकोले राजनीतिक घटनामा भन्दा आफुले लगानी गरेकोमा ध्यान दिनु पर्ने बताउछन् ।  कम्पनीले दिने लाभांशमा सर्वोच्चको आदेशले केहि पनि असर नगर्ने भएकोले १-२ दिन बजार घटेपनि छोटो समय मै यो साम्य हुने उनको भनाई छ ।  अघिल्लो पटक  पनि संसद विघटन भएको समयमा बजार एकै दिन १२५ अंकले घटेपनि अहिले त्यहि बजार बढेर ३ हजारको रेकर्ड ब्रेक गरेकोले बजार लय मै फर्कने भएकोले आत्तिनु नपर्ने उनी बताउछन् । नेपाल राष्ट्र बैंकले प्रक्रिया अनुसार नै मौद्रिक नीति ल्याउने भएकोले राजनीतिक घटनाक्रम भन्दा पनि आफुले लगानी गरेका कम्पनीमा ध्यान दिन उनको आग्रह छ । 

त्यस्तै मर्चेन्ट बैंकर पनि अदालतको आदेशले विचलित हुनु नपर्ने बताउछन् । अदालतको निर्णयलाई लिएर केहि समय राजनीतिमा अस्वाभाविक घटना हुन सक्ने भए पनि यसले सेयरबजारलाई तात्विक भिन्नता नपार्ने एक क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले बताए।  नेपालको अस्थिर राजनीतिबारे लगानीकर्ता जानकार रहेकोले त्यसको ठुलो असर नपर्ने तर केहि समयपछि नेपालको राजनीति कता मोडिन्छ भन्ने स्पष्ट हुने भएकाले बजारमा ठुलो प्रभाव नपर्ने उनले बताए ।  

तर मौद्रिक नीति तथा अन्य कुराहरुले भने सेयरबजारलाई प्रभाव पारिरह्रेकाले मौद्रिक नीति नआउँदा सम्म बजार यहि हुन्छ भन्न नसकिने उनको भनाई छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved