ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 08:37:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज असार ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।

बैंकले १ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका)  १५ लाख कित्ता  ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ९ लाख कित्ता निजि तबरबाट र ६ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ । 

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved