प्रुडेन्शियल इन्स्योरेन्सले सोध्यो 'संस्थापक शेयर साधारणमा परिणत गर्ने कि नगर्ने ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 08:52:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  ले संस्थापक र साधारण  शेयर संरचना अनुपात ५१:४९ कायम गर्ने भएको छ  । हाल कम्पनीमा संस्थापक शेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागेको हो। 

संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको थियो । यसको लागि प्रबन्धपत्र  नियमावलीमा पनि संशोधन गरिएको र बीमा समितिबाट स्वीकृति प्राप्त भईसकेको कम्पनीले जनाएको छ । 

यस संगै कम्पनीले आफ्नो संस्थापक शेयर परिवर्तन गर्ने कि नगर्ने भन्ने निर्णय दिन सबै संस्थापक शेयरधनीलाई आग्रह गरेको छ। शेयर परिवर्तन गर्ने इच्छा नभएमा वा परिवर्तन गर्न नचाहेमा ७ दिन भित्र निवेदन मार्फत निर्णय दिन कम्पनीले आग्रह गरेको छ । यदि निवेदन प्राप्त नभएको शेयर परिवर्तनको लागि मन्जुर रहेको ठानी सोहि अनुसार प्रक्रिया बढाईने कम्पनीले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved