देउवा नेतृत्त्वको सरकारलाई सेयरबजारको 'हरियो झण्डा', प्रि-ओपनिङमा दोहोरो अंकको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 11:08:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्त्वको सरकारलाई सेयरबजारले कस्तो प्रतिकृया दिन्छ भन्नेबारे सबैको चाँसो रहेको छ। यद्दपी देउवा नेतृत्त्वको सरकारलाई सेयरको प्रि-ओपनिङ कारोबारले स्वागत गरेको छ। 

बुधबार बिहानको प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका ३५ मध्ये २३ वटा कम्पनीको मुल्य बढेको छ। साताको चौथो दिन आजको कारोबारमा कुल ३५ कम्पनीको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर  छ।

कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो। 

प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ११.०३ अंकले बढेर २८८२.०७ अंकमा उक्लिएको छ । यस बीचमा ३५ कम्पनीका ७ हजार ७०८ कित्ता शेयर ७४ वटा कारोबारबाट ३६ लाख ९२ हजार ८०५ रुपैयाँमा किनबेच भएका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved