मेरो माइक्रोफाइनान्सको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 02:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार १४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha  को १६.९४ प्रतिशतले हुन आउने १४ लाख ४८ हजार ६ सय कित्ता बोनस शेयर सुचिकृत भएको छ

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि पछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

कम्पनीले  आर्थिक वर्ष ७६/७७ बाट  १६.९३९९ प्रतिशतले हुन आउने १४ करोड ४८ लाख ६० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८९१६ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको  नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसारको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved