पुंजीबजारलाई उत्साहित बनाउनुपर्छ : अर्थमन्त्री जनार्दन शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 02:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

देउवा नेतृत्त्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने बताएका छन्। पदभार ग्रहण कार्यक्रममा सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन्। 

शर्माले पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने र लगानीको अवसर जुटाउनुपर्ने धारणा व्यक्त गरेका छन्। सम्बोधनको क्रममा पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने धारणा राखेपनि शर्माले कसरी उत्साहित बनाउने भन्नेबारे केहि बोलेनन्। 

अर्थमन्त्रीको जिम्मेवारी पाएपछि शर्माले पुंजीबजारबारे आफ्नो स्पष्ट धारणा राख्ने अपेक्षा गरिएको थियो। तर पुंजीबजारबारे उनले खासै कुनै सम्बोधन गरेनन्। 

पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने बताएका शर्माले लगानीको अवसर जुटाउनुपर्ने समेत बताए। तर लगानीको अवसर कसका लागि कहाँबाट र कसरी भन्ने जस्ता बिषयबारे केहि बोलेनन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved