नयाँ अर्थमन्त्रीप्रति शेयर बजार 'न्युट्रल', ५ अर्ब ६५ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 03:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सरकार र नयाँ अर्थमन्त्रीप्रति शेयर बजार न्युट्रल देखिएको छ । नयाँ अर्थमन्त्रीको रुपमा  जनार्दन शर्माले पदबहाली । गरेको दिन आज नेप्से सूचक १.०१ अंकले बढेर २८७२.०५ को बिन्दुमा पुगेर रोकिएको छ । बजार खासगरी मौद्रिक नीतिलाई पर्खिएर बसेको जस्तो देखिएको छ  ।

आज कारोबारमा आएका २१४ कम्पनीका ४ करोड ४७ लाख ३६ हजार ५ सय ३० कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २ सय ५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सबै भन्दा धेरै २९ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ भने छिमेक लघुवित्तको २२ करोड ३३ लाख बराबरको कारोबार भएको छ । 

आज कारोबारमा आएका ५ समूहको समूहगत सूचक बढेको छ भने ८ समुहको समुहगत सूचक घटेको छ । जस मध्ये हाइड्रोपावर समुह सबै भन्दा धेरै २.७१ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको समुहगत सूचक सबैभन्दा बढी ०.५८ प्रतिशतले घटेको छ । आज ८१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८७ कम्पनीको सेयरमूल्य घटेको छ । एचपिपिएलको सेयरमूल्य सर्वाधिक बढी ८.१० प्रतिशतले बढेको छ । 

मन्त्री शर्माले पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने बताएका छन्। पदभार ग्रहण कार्यक्रममा सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन्। शर्माले पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने र लगानीको अवसर जुटाउनुपर्ने धारणा व्यक्त गरेका छन्। सम्बोधनको क्रममा पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने धारणा राखेपनि शर्माले कसरी उत्साहित बनाउने भन्नेबारे केहि बोलेनन्। 

अर्थमन्त्रीको जिम्मेवारी पाएपछि शर्माले पुंजीबजारबारे आफ्नो स्पष्ट धारणा राख्ने अपेक्षा गरिएको थियो। तर पुंजीबजारबारे उनले खासै कुनै सम्बोधन गरेनन्। पुंजीबजारलाई उत्साहित बनाउनुपर्ने बताएका शर्माले लगानीको अवसर जुटाउनुपर्ने समेत बताए। तर लगानीको अवसर कसका लागि कहाँबाट र कसरी भन्ने जस्ता बिषयबारे केहि बोलेनन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved