६ वटा जीवन बीमा कम्पनीको ३ अर्ब ७५ करोडको आईपिओ आउँदै, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 04:08:54 PM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरु ३ अर्ब ७५ करोड रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ६ वटा कम्पनीले ३ अर्ब ७५ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । ४ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।

हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ । बाँकि ५ वटा कम्पनीले भने समान ६६ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने छन् । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड रूपैयाँ पुग्नेछ ।  

आईएमई लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले समान ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेका छन् ।

ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् । ज्योतिले ६६ करोड बराबरको , युनियनले ६४ करोड ५० लाख बराबरको, प्रभुले ६० करोड बराबरको र रिलायन्सले ६३ करोड बराबरको आईपिओ निष्काशन गरेको हो । 

हेर्नुस आईपिओ निष्काशन गरिसकेका र गर्न बाँकि रहेका जीवन बीमा कम्पनीहरुको विवरण : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved