सबैलाई ५ प्रतिशत पुँजीगत लाभकर कायम हुने गरि शेयर कारोबार गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 09:12:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार ३१ गते चालु आर्थिक वर्ष (७७/७८) को अन्तिम दिन तथा यस आर्थिक वर्षको शेयर कारोबार हुने अन्तिम दिन हो । आर्थिक वर्ष ७८/७९ देखि शेयर बजारमा लाभकर गणनाको नयाँ विधि लागु हुने छ । 

साउन १ गतेदेखि ३६५ दिन भन्दा अगाडी खरिद गरिएको शेयर बिक्रि गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने छ भने एक वर्ष भन्दा कम समय अगाडी खरिद गरिएको शेयर बिक्रि गर्दा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । अर्थात् सरकारले सर्ट टर्म र लङ टर्म लगानीकर्तालाई छुट्याए सोहि अनुसार धेरै र थोरै करको ब्यबस्था गरेको छ । सरकारले सर्ट टर्म लगानीकर्तासंग ७.५ प्रतिशत लाभकर लिन लागेको हो । यस अघि सबै लगानीकर्तालाई समान ५ प्रतिशत पुँजीगत लाभकर थियो । 

सिडीएस एण्ड क्लियारिङको भेन्डर कम्पनी डिसीएस, इण्डियाले आगामी पुंजीगत लाभकर गणना विधिको प्रणाली तयार गरेको हो । सिडीएसले जेठको अन्तिम साता उक्त कम्पनीलाई आवश्यकता तोकेर हालको सिस्टममा परिमार्जन गर्नको लागि पत्राचार गरेको थियो ।  डिसीएस इण्डिया (डाटा कन्सल्टिङ सर्भिस, इण्डिया) सन् २०२५ सम्मको लागि सिडीएसको भेन्डर कम्पनी हो । सिडीएसको प्रणालीहरु यहि कम्पनीले नै तयार पार्दै आएको छ । 

सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको हो  । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो । जस अनुसार आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । यो आगामी साउन १ गतेदेखि लागु हुनु पर्छ । 

अध्यादेशमा ३६५ औ दिनमा के हुने भन्ने प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाईने छ  । त्यस्तै हाल कायम रहेको भारित औसत लाभकर गणना विधिलाई यथावत राख्न र सामुहिक लगानी कोषलाई कर नलगाउने गरि प्रणाली तयार पारिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved