बोर्डले अनुमति दिए यूनियन लाइफको आईपिओ बाँडफाँड आजै हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 01:51:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र पत्र बोर्डले अनुमति दिएमा युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ आज बिहिबार नै बाँडफांड हुने भएको छ  । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेन्ट सकेर बोर्डमा जानकारी गराईएको र बोर्डले अनुमति दिएमा आज साँझ नै शेयर बाँडफाँड गर्ने जनाएको हो  । 

आज बाँडफांड नभएमा भोलि शुक्रबार आईपिओ बाँडफांड हुने छ  । 

कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् 

आईपिओमा २१ लाख ५० हजार ४ सय ७८ जनाले आवेदन दिएका छन् । माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । कम्पनीको आईपिओ ५ लाख ८५ हजार जनाले मात्र पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १५ लाख ६५ हजार बढी आवेदक हात खाली हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved