
 2mb (1).gif)
आज बिहिबार अर्थात आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन शेयर बजार परिसूचक नेप्से ११.३३ अंकले बढेको छ । आज नेप्से सूचक ०.३९ प्रतिशतले बढेर २८८३.३८ को विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २२३ कम्पनीका ५ करोड ८५ लाख २ हजार १ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये गुर्खाज फाइनान्सको सबै भन्दा धेरै ३६ करोड ७० लाख तथा एनआइसी एसिया बैंकको ३३ करोड ११ लाख बराबरको कारोबार भएको छ ।
आज ङ्गादी हाइड्रोको शेयरमूल्य सबै भन्दा धेरै ९.४० प्रतिशत र रैरांग हाइड्रोको ८.९१ प्रतिशतले बढेको छ । आज सिभिल लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै २.८६ प्रतिशतले घटेको छ।
आज कारोबारमा आएका होटेल तथा टुरिजम, डेभलपमेन्ट बैंक, उत्पादन तथा प्रशोधन, अन्य र लगानी समुह बाहेक सबै समुहगत सूचक बढेका छन् । आज हाइड्रोपावर समुह सबै भन्दा धेरै १.९८ तथा फाइनान्स समुह १.९५ प्रतिशतले बढेको छ । आज आज होटेल तथा पर्यटन समुह सबै भन्दा धेरै १.४ प्रतिशतले घटेको छ ।
यस आर्थिक वर्षभरि नेप्से सूचक १५२१.०७ विन्दु अर्थात् १११.६२ प्रतिशतले बढेको छ । ७६/७७ काे असार मसान्तमा सूचक १३६२.३४ मा थियाे । यस आर्थिक वर्षमा बजार पूँजीकरण १७.९२ खर्बबाट बढेर ४०.१० खर्ब पुगेकाे छ । बजार पुँजीकरणको आधारमा लगानीकर्ताको सम्पति २२ खर्बले बढेको छ । यद्यपि यस अवधिमा अन्य कम्पनी पनि सुचिकृत भएकोले बजार पुजीकरणको तथ्यांकलाई मात्र आधार मानेर लगानीकर्ताको सम्पति बढेको आँकलन गरिनु गलत हुने विश्लेषकहरु बताउछन् ।