यूनियन लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, ६९ हजारको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 05:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार शेयर बाँडफाँड गरेको हो  । 

आईपिओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ जनाको आवेदन परेकोमा ६९ हजार ९ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ  ।  गोग्य रहेका २१ लाख १२ हजार ७ सय ९९ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ  ।  माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड भएको हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ५ लाख ८० हजार ५ सय जनाले मात्र पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख २ हजार २ सय ७५ जना आवेदक हात खाली भएका छन् । 

कम्पनीले असार २४ गतेदेखि असार २८ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो  । कम्पनीले सर्वसाधारणको लागि  ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो । बाँकि रहेको ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट https://unionlife.com.np/ ,  बिकी प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved