अरुण भ्याली हाइड्रोको हकप्रद नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 10:55:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company  को हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ५० प्रतिशतले हुन आउने ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । कम्पनीले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको थियो । 

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेपनि विद्युत नियम आयोगले कम्पनीलाई २ चरणमा हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको थियो ।  हालको ५० प्रतिशत हकप्रद निष्काशनपछि कम्पनीले  फेरी दोस्रो चरणको हकप्रद निष्काशन गर्ने जनाएको छ । 

कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।  हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved