
 2mb (1).gif)
एनआईसी एशिया क्यापिटल NIC Asia Capital को अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । आज बसेको सञ्चालक समितिको बैठकले क्यापिटलको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका ढकाललाई आजकै मितिदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो ।
ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनी यसअघि हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भईसकेका व्यक्ति हुन् ।
ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमीकाबाट एनआईसी एशियामा प्रवेश गरेका थिए । उनीसँग १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
ढकाल हाल एनआईसी एशिया लघुवित्तको पनि अध्यक्ष छन् ।