यी हुन् शेयरबजारमा आजबाट लागु हुने ३ परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 08:35:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साउन ३ गते आइतबारबाट शेयरबजारमा विभिन्न परिवर्तन हुदै छन् । नयाँ आर्थिक वर्ष सुरु भएसंगै लागु हुने पर्ने परिवर्तन आज आइतबारबाट कार्यन्वयनमा आउँने भएको हो ।  नयाँ आर्थिक वर्ष साउन १ गते देखि नै सुरु भए पनि त्यस दिन शुक्रबार परेको र शेयर कारोबार नहुने भएकोले नयाँ परिवर्तनहरु आज साउन ३ गते आइतबारदेखि मात्र लागु हुने भएका हुन्। 

हेर्नुस के के हुदै छ परिवर्तन ?

फरक फरक लाभकरको दर

सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको छ । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो । जस अनुसार आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । अध्यादेशमा ३६५ औ दिनमा के हुने भन्ने प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले भनेको छ । त्यस्तै हाल कायम रहेको भारित औसत लाभकर गणना विधिलाई यथावत राखिने र सामुहिक लगानी कोषलाई कर नलगाउने गरि प्रणाली तयार पारिएको छ। 

अर्थात् यस अघि सबै लगानीकर्ताले समान ५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेकोमा अब भने अल्पकालीन र दिर्घकालिन लगानीकर्ता छुट्याईन लागेको हो ।  खरिद गरेको १ वर्ष अगावै शेयर बिक्रि गरेमा अल्पकालीन लगानीकर्ताको रुपमा ७.५ पुँजीगत लाभकर लाग्ने भएको हो भने खरिद गरेको १ वर्षपछि शेयर बिक्रि गरे दीर्घकालिन लगानीकर्ताको रुपमा ५ प्रतिशत मात्र पुंजीगत लाभकर लाग्ने छ ।  

 प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने

साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार हुने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिको असार ३० गते बुधबार बसेको वैठकले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको हो ।

यस संगै अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने भएको छ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो । यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने विश्वास गरिएको छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ । 

टिक साइज परिवर्तन

त्यस्तै साउन ३ देखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम हुने छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा अर्डर हाल्न सक्ने छन् ।   यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने विश्वास गरिएको छ । 

यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २०० रुपैयाँ १० पैसा, २०० रुपैयाँ २० पैसाको अर्डर हाल्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved