३ कम्पनीको ७ लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एसिया बैंक

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 18, 2021 | 10:23:24 AM मा प्रकाशित

laxmi bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको ७ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, र नागरिक लगानी कोषको गरि कुल ७ लाख ७५ हजार ४ सय ७३ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो

बैंकले आज साउन ३ गतेदेखि साउन ३१ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता संस्थापक शेयर  लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४८१ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । 

त्यस्तै बैंकले मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ५४१ कायम गरेको छ । साथै बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य १२सय २१ रुपैयाँ कायम गरेको छ । बैंकले यी शेयर आज असार १५ गतेदेखि असार २१ गतेसम्म लिलाम गर्न लागेको हो । 

हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन्  । 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved