
 2mb (1).gif)
आज आइतबारको प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै ४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ । आज प्रि ओपनमा सूचक ९.०७ अंकले बढेको छ ।
आज प्रि ओपनमा नेपाल बंगलादेश बैंक, एनएचपीसी, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, गुर्खाज फाइनान्स लगायतका कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ ।
आज साउन ३ गते आइतबारदेखि संशोधित धितोपत्र कारोबार संचालन विनियमावलीको ब्यबस्था बमोजिम शेयर कारोबार सुरु भएको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड संचालक समितिको असार ३० गते बुधबार बसेको वैठकले साउन ३ देखि लागु हुने गरि धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८ स्वीकृत गरेको थियो ।
यस संगै अब प्रि ओपन सेसनमा शेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउछ । यस अघि प्रि ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुदै आएकोमा अब भने २ प्रतिशत मात्र घटबढ हुन पाउने भएको हो । यस्तो ब्यबस्थाले प्रि ओपन सेसनमा हुने अस्वभाविक उतारचढाव ब्यबस्थित हुने विश्वास गरिएको छ । हाल १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेको छ ।
त्यस्तै आज देखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम भएको छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा अर्डर हाल्न सक्ने छन् । यसबाट लगानीकर्ताले प्रतिस्पर्धी मूल्यमा शेयर खरिद बिक्रि गर्न सक्ने विश्वास गरिएको छ ।
यो ब्यबस्था लागु भएपछि लगानीकर्ताले पैसा समेत उल्लेख गरेर शेयर खरिद बिक्रि गर्न सक्ने छन् । जस्तै लगानीकर्ताले २०० रुपैयाँ १० पैसा, २०० रुपैयाँ २० पैसाको अर्डर हाल्न सक्ने छन् ।