आर्थिक वर्षको पहिलो दिन ९७ अंकले बढ्यो नेप्से, १७४ कम्पनीको शेयर मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 03:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेको छ । आज आइतबार नेप्से सूचक ३.३७ प्रतिशतले बढेर २९८०.६१ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २२१ कम्पनीका २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिद बिक्रिबाट ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९२ रुपैयाँको कारोबार भएको छ । जस मध्ये मन्जुश्री फाइनान्सको सबै भन्दा धेरै ४० करोड ९९ लाख बराबरको र नबिल बैंकको ३८ करोड ६३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सुचक बढेका छन् । जसमा विकास बैंक समुह ५.०५ प्रतिशतले तथा बैंकिंग समुह सबैभन्दा धेरै ४.७१ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका ५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved