सन नेपाल लाइफको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 08:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन २५ गते साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा बार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीय विवरण प्रतिवेदन पेश गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकको नियुक्ति तथा अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा आईपिओ निष्कासन प्रस्ताव पनि पेश हुने छ । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved