मेरोशेयर एपको डिजाइन परिवर्तन, फिंगरप्रिन्ट लगईन सहितका सुविधा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 09:48:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडले मेरोशेयर एपको डिजाइन परिवर्तन गरेको छ । सिडीएसले आइतबारबाट डिजाइन परिवर्तन र केहि फिचर थप गरिएको एप संचालनमा ल्याएको हो । 

एपमा फिंगरप्रिन्ट लगईनको सुविधा थप गरिएको छ ।  एक पटक आफ्नो आईडी पासवर्ड हालेर लागिन गरिसकेपछि फिंगरप्रिन्ट लगइन् सेट गर्न सकिन्छ । त्यस्तै एपको लेआउट पनि परिवर्तन भएको छ ।  

यस अघि एपमा हुने अप्सनहरु देब्रेपटि रहने गरेकोमा अब भने एपको तल राखिएको छ ।  माई शेयर अप्सनमा आफुसंग भएको कम्पनीको शेयरको विवरण हेर्न सकिन्छ भने यदि शेयर फिज भएको, प्लेजमा रहेको, रहेको लगायतका विवरण पनि त्यस बाट नै हेर्न सकिन्छ ।  त्यस्तै नयाँ आर्थिक वर्षदेखि लागु भएको पुजीगत लाभकरको दर अनुसारको विवरण प्रविष्ट गर्नको लागि माइ पर्चेच सोर्स संगै माई होल्डिंग अप्सन पनि थप भएको छ ।  

एपमा थपिएको नयाँ फिचर प्रयोग गर्न प्ले स्टोरमा गएर एप अपडेट गर्नु पर्ने हुन्छ ।  प्लेस्टोरमा गएर एप अपडेट गरेपछि नयाँ लेआउट सहितको एप प्रयोग गर्न सकिन्छ ।  यदि प्ले स्टोरमा अपडेट अप्सन नदेखिए दाहिने तर्फ माथि रहेको ३ वटा डटमा क्लिक गरेर अटो अपडेट  ओप्सनलाई हटाएर उन: प्ले स्टोर खोलेपछि अपडेट अप्सन देखिने छ । 

नयाँ लाभकर गणनाको विधि अपडेट गर्दा मेरोशेयरको डिजाइन पनि परिवर्तन गरिएको हो । यस संगै आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन । 

यो पनि : लाभकर गणनालाई मेरोशेयरमा 'माई होल्डिङस्' अप्सन , यसरी छुट्याउनुस् आफ्नो शेयर लङटर्म कि सर्टटर्म

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved