दोहोरो अंकले बढ्यो नेप्से, सिनर्जी पावरको मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2021 | 03:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से १३.८० अंकले बढेको छ । आज नेप्से सूचक ०.४६ प्रतिशतले बढेर २९९४.४२ बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट ११ अर्ब ८१ करोड ३७ लाख ३४ हजार ६ सय ६ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । जस मध्ये एनआइसी एसिया बैंकको सबै भन्दा धेरै ३५ करोड ४१ लाख र नबिल बैंकको ३३ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका माइक्रोफाइनान्स, फाइनान्स, हाइड्रो, विकास बैंक र होटेल एण्ड टुरिजम समुह बाहेकका समुहगत सूचक बढेका छन् । आज फाइनान्स समुह सबै भन्दा धेरै १.१७ प्रतिशतले घटेको छ भने लगानी समुह १.४७ प्रतिशतले बढेको छ । 

आज सिनर्जी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.६० प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved