
 2mb (1).gif)
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ८० हजार कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेपाल एग्रो लघुवित्तको १४ प्रतिशतले हुन आउने ८० हजार १ सय ४२ दशमलव २६ कित्ता शेयर सुचिकृत भएको हो ।
नेपाल एग्रो लघुवित्तलाई इन्फिनिटी लघुवित्तले गाभ्ने तयारी गरेको छ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० (एक सय) कित्ता शेयरलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ (अन्ठानब्बे) कित्ता शेयर (१ः०.९८) दिने गरी शेयर मूल्य अनुपात स्वाप रेसियो कायम गर्ने गरि २ संस्था मर्ज हुन लागेका हुन् ।