आज शेयर कारोबार नहुने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 21, 2021 | 08:29:04 AM मा प्रकाशित

आज साउन ६ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।

आज मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद परेकोले यस अवसरमा देशभर विदा दिने निर्णय सरकारले गरेको हो । 

आज साउन ६ गते बकर ईद मनाईदै छ ।  यो पर्व मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर  इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ । 

यस दिन इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । 

तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved