महालक्ष्मी विकास बैंकको अन्य आम्दानी ३८६ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 08:46:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा महालक्ष्मी विकास बैंकको खुद नाफा ७१.०२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ४२ करोड ८५ लाख खुद नाफा कमाएकोमा गत आर्थिक वर्ष बैंकको नाफा बढेर ७३ करोड २९ लाख पुगेको छ । 

बैंकको अन्य आम्दानी ३८६ प्रतिशतले बढेपछि नाफामा उलेख्य सुधार देखिएको हो । बैंकको अन्य संचालन आम्दानी अघिल्ले वर्ष ३ करोड ३८ लाख मात्र रहेकोमा गत वर्ष बढेर १६ करोड ४९ लाख पुगेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य आम्द्नै ५६ करोड ३८ लाख रहेको छ  । यस हिसाबमा बैंकले करिब १६ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको रकम विनियोजन गरेपश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयर धनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । तर नियामकीय पुनरावलोकनमा र थप प्रोभिजन तथा विगतको संचित र लेखापरिक्षण पछिको मुनाफामा तलमाथि भएमा वितरणयोग्य मुनाफाको आधारमा वास्तविक लाभांश क्षमता फरक पर्न सक्नेछ ।

यस अवधिमा बैंकको निक्षेप ४.४१ प्रतिशतले बढेर ३८ अर्ब ६० करोड पुगेको छ भने कर्जा प्रवाह २.२७ प्रतिशतले बढेर ३० अर्ब १० करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १.५० प्रतिशतले बढेर १ अर्ब ५६ करोड पुगेको छ ।  ३ अर्ब ३४ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २ अर्ब १६ करोड रहेको छ 

बैंकको खराब कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी २१.९३ पैसा, प्रति शेयर नेटवर्थ १६४.७५ रुपैयाँ र पीई रेसियो २०.२९ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved