'लक्ष्मी उन्नति कोष'को लाभांश बितरणको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 09:16:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सामुहिक लगानी कोष योजना 'लक्ष्मी उन्नति कोष'को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market  ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।

क्यापिटलले लाभांश बितरणको लागि साउन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार साउन १२ गतेसम्म  कायम इकाईधनीहरुले लाभांश पाउँन सक्ने छन् । 

योजना ब्यबस्थापन गरिरहेको  योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको थियो । जस अनुसार 'लक्ष्मी उन्नति कोष'ले इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।

यस संगै आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति फण्ड पहिलो बनेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved