मैलुङ खोलाले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 11:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  यस निष्काशनमा साउन १८ गतेसम्म  र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्काशनको लागि सिद्धार्थ क्यप्तिअल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा २०७८ असार २३ गते बोर्डले अनुमति दिएको हो। कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ  आयोजना संचालन गरिरहेको छ । २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ । 

आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved