मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले आज साउन ७ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निष्काशन गर्न लागेको हो ।
जस मध्ये १ अर्ब २५ करोड ऋणपत्रको ६० प्रतिशत (अर्थात रू. ७५ करोड) व्यक्तिगत तवर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४० प्रतिशत ( ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।
यस निष्काशनमा लगानीकर्ताले छिटोमा साउन ११ र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा साउन २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि दिनु पर्ने छ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचिकरण गरिने छ ।