
लक्ष्मी क्यापिटल Laxmi Capital Market ले ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना 'लक्ष्मी इक्विटी फण्ड' को लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कोषले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।
क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । यस संगै लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेका २ वटा योजनाको लाभांश घोषणा भएको छ ।