आदर्श लघुवित्तले आईपिओ निष्काशनको लागि चयन गर्यो बिक्रि प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 12:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आदर्श लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले बि.ओ.के. क्यापिटललाई बिक्रि प्रब्द्न्हक नियुक्त गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार शेयर निष्काशन भईसकेपछि शेयर रजिष्ट्रारको कार्य पनि  बि.ओ.के. क्यापिटलले नै गर्ने छ । 

आदर्श लघुवित्तले आफ्नो जारी पूँजी रु. २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम रु. ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्न लागेको हो।  कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved