ग्लोबल आईएमई क्यापिटलको कार्यालय शनिवार पनि खुला रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 06:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन ९ गते शनिवार पनि ग्लोबल आईएमई क्यापिटल खुला रहने भएको छ । मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ निष्काशन भईरहेको र सो कि लागि क्यापिटलको तर्फबाट प्रदान गरिने सेवा शनिवार पनि सुचारु रहने क्यापिटलले जनाएको हो ।

शनिबार नक्साल स्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय बिहान १०ः०० बजेदेखि दिउंसो ३ः०० बजेसम्म सञ्चालन हुने भएको हो। उक्त दिन सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाहरुको लागि मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयरमा आवेदन गर्ने, हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि.को हकप्रद शेयरमा आवेदन गर्ने एवं हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो शेयर सग सम्बन्धित सम्पूर्ण कार्यहरु गरिने क्यापिटलले जनाएको छ ।

हाल निष्काशन भईरहेको एचआईडिसीएलको हकप्रद र मध्य भोटेकोशीको आईपिओको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved