
सामुहिक लगानी कोष योजना 'लक्ष्मी इक्विटी फण्ड'को लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटल Laxmi Capital Market ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको हो ।
क्यापिटलले लाभांश बितरणको लागि साउन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार साउन १४ गतेसम्म कायम इकाईधनीहरुले लाभांश पाउँन सक्ने छन् ।
योजना ब्यबस्थापन गरिरहेको योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको थियो । जस अनुसार 'लक्ष्मी इक्विटी फण्ड'ले इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।
क्यापिटलले ब्यबस्थापन गरिरहेको अर्को योजना लक्ष्मी उन्नति फण्डले आर्थिक वर्ष ७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरिसकेको छ । लक्ष्मी उन्नति फण्डको लाभांश लागि साउन १३ गतेबुक क्लोज गर्ने निर्णय गरेको छ ।
यस संगै लक्ष्मी क्यापिटलले ब्यबस्थापन गरिरहेका २ वटा योजनाको लाभांश घोषणा भएको छ ।